Logo

राष्ट्रपति पौडेल आज गोरखा जाँदै



काठमाडौं, चैत १२ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि पहिलो पटक उपत्यका बाहिर जान लागेका राष्ट्रपति पौडेल अहिले बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकाली मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा जानेछन् ।



प्रतिक्रिया दिनुहोस्