Logo

मन्त्रालयको भागबन्डा आज फाइनल हुन्छः माओवादी नेता



काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो आज लाग्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले भोलिसम्ममा यसको काम टुंग्याउने तयारी गर्नुभएको छ । नेपाली कांग्रेस ठूलो दल भएकाले उसको विश्वास लिएर आज फाइनल गर्ने आज अन्तिम प्रयत्न हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता पौडेलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पछिल्लो गठबन्धन बनाउन धेरै मिहिनेत गरेकाले कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्न सक्ने पनि औंल्याए । साथै गृह वा अर्थमन्त्रालय प्रधानमन्त्रीले राख्ने सहमति भएको उनको भनाइ छ । स्वतन्त्रमध्येबाट पनि सरकारमा कोही न कोही प्रतिनिधित्व हुने प्रधानमन्त्रीको तयारी रहेको उनले बताए ।

सबै खाले उल्झन सकिएकाले सरकार अब सुशासन र समृद्धिको मुद्दामा केन्द्रित हुने पनि पौडेलले बताए । संसद्ले सभामुको अधिकार खुम्च्याउने नभई संस्थागत गर्न खोजेको दाबी उनको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot