Logo

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई



काठमाडौं १२ चैत । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।
उपाधिसँगै मनाङले ११ लाख ११ हजार एकसय ११ रुपैँया पुरस्कार पायो,भने उपविजेता सुदुरपश्रिमले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैँया पाएको छ ।
२०३३ सालबाट सुरुभएको तिलोत्तमा गोल्डकपको गत संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्