Logo

सभामुख घिमिरे र दलका नेताबीच छलफल जारी



काठमाडौ १२ चैत । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरिरहेका छन । संसद भवनस्थित शंकर हलमा अहिले घिमिरे र नेताहरुबीच छलफल भईरहेको हो ।

प्रतिनिधिसभा नियमावली लगाएतका विषयमा छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली २०७९ मस्यौदा प्रतिवेदन संसदमा बिचाराधीन छ । संसदमा पेश भएको नियमावली उपर संसोधन दर्तागर्ने समय निर्धारण गरिएकोमा उक्त समय सकिएको छ ।
छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिवहरू सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot