Logo

दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०७९ सम्पन्न



-राजिव खड्का : ललितपुर : श्री नाथेश्वर क्योकुशिन कराँते डोजोले आयोजना गरेको दोस्रो श्री नाथेश्वर आइ एफ के फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । चैत्र ११ गते एक दिनको लागि संचालन भएको प्रतियोगीता उद्घाटन र समापन गरि दुइ चरनमा विभाजन गरिएको थियो ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका मा. शंकर भण्डारी रहेका थिए भने समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्य हुनुहुन्थ्यो ।
महिला र पुरुष गरि जम्मा ४ तौल समुहमा संचालन गरिएको प्रतियोगितामा सातै प्रदेशबाट जम्मा गरि १५५ जना खेलाडीहरु सहभागी भएका थिए । प्रथम, द्वितीय, तृतीय र सर्वोत्कृष्ट खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु. ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार समेत बितरण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि मा. शंकर भण्डारीले क्योकुशिन कराँते विधाबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सफल भएकोमा खेलाडी र प्रशिक्षक प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
साथै उद्घाटन कार्यक्रमका विशेष अतिथि ललितपुर क्षेत्र नम्बर २ (ख) का बागमती प्रदेश सभा सदस्य मा. रामकृष्ण चित्राकार बोल्नुहुदै खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउने हुँदा सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै ललितपुर महानगरपालिका भित्र संचालन भएको प्रतियोगितामा सहभागी हुनु भएका सम्पुर्ण व्यक्तिहरुलाई हार्दिक स्वागत एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतियोगिता ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन, नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, आइ के के एफका नेपाल प्रमुख तथा पुर्व प्रशिक्षक प्रेमनाथ श्रेष्ठ, फुल कन्ट्याक्ट कराँतेका प्रमुख प्रशिक्षक काजीमान श्रेष्ठ, शिन क्योकुशिन कराँतेका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकी लगायतको उपस्तिथिमा भव्यताका साथ समापन भएको थियो ।
प्रतियोगिताका संयोजक प्रकाश खड्काले देशको विभिन्न क्षेत्रबाट पाल्नुभएका सम्पुर्ण व्यक्तित्वहरुलाई स्वागत मन्तव्यका गुच्छाहरु सहित स्वागत गर्नुभयो ।
प्रतियोगिताका सभाध्यक्ष सुजन देउलाले प्रतियोगीता समापन गर्न भुमिका खेल्नुहुने सम्पुर्ण आयोजक सदस्यहरु, मुख्य जुरी, जुरीहरु, मुख्य निर्णायक, निर्णायकहरु, खेलाडीहरु लगायत प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु र खेलप्रेमी दर्शकहरु साथै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रतियोगितामा नृत्य तथा सांगीतिक प्रस्तुतिहरु समेत समावेश गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्