सदनमा सांसद कुँवरको प्रश्न -कालापानी, लिपुलेक र लिम्पियाधुरामा किन भएन जनगणना ?


काठमाडौं १२ चैत ।  प्रतिनिधिसभाको बैठकमा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नभएको विषयमा सांसदले कुरा उठाएका छन ।

आजको बैठकको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले लिपुलेक, कालापानी क्षेत्रमा जनगणना नभएको कुरा के हो र? भनेर प्रश्न गरे ।

उनले भने, ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ । त्यो जनगणना गर्दाखेरी कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना नभएको भन्ने जानकारी आयो । के यो साँचो हो र? हाम्रो देशको सबैभन्दा धेरै चर्चा भएको ठाउँको जनगणना किन भएन रु २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन हुन सकेन रु सम्बन्धित निकायले जवाफ देओस् ।’