Logo

एमाले सांसद पन्तको टिप्पणी– ‘उपराष्ट्रपतिको कामै छैन’



काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सांसद् रघुजी पन्तले नेपालमा उपराष्ट्रपतिको कुनै काम नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पन्तले नेपालमा उपराष्ट्रपतिको कामै नभएपनि उपराष्ट्रपतिको निर्वाचन भइरहेको बताएका हुन् ।

उनले राष्ट्रिय सभाको अध्यक्षको कार्यकाल सकिनै लागेको भन्दै संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्था गर्नसमेत आग्रह गरे ।

‘हामी कहाँ उपराष्ट्रपतिको कामै छैन । तर, उपराष्ट्रपतिलाई हामीले निर्वाचित गर्छौं । कुनै काम छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्