Logo

मिटर ब्याजी पीडितहरुको समस्या तत्काल समाधान गर्न सिके राउतको माग



काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले कोशी प्रदेश नामाकरणको नाममा भइरहेको आन्दोलनमा सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउत त्यहाँको जनभावना अनुसार सरकार गम्भीर हुन आवश्यक रहेको औंल्याएका हुन् ।

साथै, मिटर व्याजको समस्याका कारण हिडेर काठमाडौं आइरहेका तराईका नागरिकको समस्याप्रति पनि गम्भीर बन्न उनले सरकारलाई आग्रह गरे ।

‘मिटर व्याजी पीडतहरु पैदल यात्रा गर्दै काठमाडौंमा न्याय खोज्न आउँदैछन् । उहाँहरुको समस्याप्रति पनि सरकार गम्भीर बनोस् र मिटर व्याजीहरु पीडितहरुको समस्या समयमै समाधानका लागि पनि सरकारले पहल गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।

साथै, विभिन्न जिल्लामा रोकिएको जग्गाका कित्ताकाटलाई तत्काल सुचारु गर्न उनले आग्रह गरेका छन् । File Photo 



प्रतिक्रिया दिनुहोस्