Logo

‘कोही मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन’



काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले कसैलाई तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन नमिल्ने बताएका हुन्।

‘बारा २ मा सांसद् पद खाली भएको सूचना संसद्‍मा पढ्न पाएको छैन। उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ’ उनले भने, ‘कसैलाई चाहिँ तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन।’



प्रतिक्रिया दिनुहोस्