Logo

एमाले सांसद्‍को नियमापत्तिमा कांग्रेस सांसद्‍को माफी



काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका उपसभापति तथा सांसद्‍ पूर्णबहादुर खड्‍का बैठकमा अर्का सांसद्‍ बलराम अधिकारी बोलिरहेको बेला अगाडिबाट हिँडेपछि माफी मागेका छन्।

सांसद अधिकारी बोलिरहेको बेला उपसभापति खड्का अगाडिबाट हिँडेपछि एमालेका सचेतक महेश बर्तौलाले संसद्‍मा नियमापत्ति जनाएका थिए।

बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पुर्‍याउन सदनमा निर्देशन दिए। त्यस लगत्तै उपसभापति खड्काले भने, ‘अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरे। त्यसका लागि म क्षमा चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्