Logo

राष्ट्रिय मर्यादासम्वन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत



काठमाडौं १२ चैत । राष्ट्रिय मर्यादासम्वन्धी विधेयक, २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा सदस्य डा बेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक सांसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्