Logo

हामीले गृह र अर्थ मन्त्रालय मागेको होइन– माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृह मन्त्रालयमा दाबी नगरेको खुलासा गरेका छन् ।

आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मुखबाट कहिले पनि गृह र अर्थ मन्त्रालयको कुरा नखुस्किएको बताएका हुन् ।

गृह मन्त्रालयमा तपाईँहरुको दाबी हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने,– ‘ मेरो मुखबाट त कहिले पनि गृह र अर्थ निस्किएको छैन । तपाईँहरु अन्तरयामी हुनुहुन्छ कि क्या हो ?’– उनले भने । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्