Logo

गृहमन्त्रालयको दाबीबाट माधव नेपाल ब्याक भए, गृहमा नारायणकाजीले मारे बाजी



काठमाडौं, १२ चैत्र । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । यसअघि गृहमन्त्रालयमा दाबी गरेको सो दल अहिले भने उक्त मन्त्रालयको दाबीबाट ब्याक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग दाहालको निरन्तर सम्वाद भैरहेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालयमा दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने २ मन्त्रालयमात्रै दिने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृहमन्त्रालयको दाबी नगरेको स्पष्ट पारेका छन् । उनले आज (आइतबार) संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो स्पष्ट पारेका हुन् ।

मन्त्रिपरिषद् विस्तार हुँदा माओवादीबाट उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजीको जिम्मेवारी भने हेरफेर हुने भएको छ । प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफ्नो दलको भागमा पारेपछि श्रेष्ठ सो मन्त्रालयको नेतृत्वमा जाने भएका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्