Logo

सन्दीपको मुद्दामा युवतीलाई अन्तरिम राहत दिन अदालतद्वारा अस्विकार



काठमाडौं, १२ चैत्र । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीाई अन्तरिम राहत दिन जिल्ला अदालत काठमाडौंले अस्विकार गरेको छ । मुद्दा अन्तिम फैसलाको समयमा पुगिसकेको भन्दै जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश अस्वीकार गरेको हो । सन्दीपको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबारको पेशी तोकिएको छ ।

बलात्कार आरोपमा थुनामा रहेका सन्दीपलाई २० लाख धरौटीमा उच्च अदालत पाटनले रिहा गरेको थियो । लगत्तै सरकारी वकिलहरुले पीडितलाई तत्काल राहत आवश्यक रहेको भन्दै निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्