Logo

उपसभापति खड्काले भने, ‘कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म टुङ्गिएको छैन’



काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा १० दलीय सत्तारुढ गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले कांग्रेसबाट कसले नेतृ्त्व गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खड्काले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने बारे हालसम्म कुनै निर्णय नभएको बताएका हुन्।

‘अहिलेसम्म कुनै निर्णय भएको छैन। सञ्चारमाध्यमले लेख्ने र बोल्ने कुरा त्यो तपाईंहरुको कुरा अधिकारको कुरा भयो। सबै छलफल भइरहेको छ। कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने।

यस्तै, उनले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको बताए।



प्रतिक्रिया दिनुहोस्