Logo

सरकारमा जान नाउपा अघि बढ्यो, कारागारमा रेशम चौधरीसँग निर्णायक छलफल



काठमाडौं, १२ चैत्र । नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा सहभागी हुने भएको छ । सो दलका शीर्ष नेताहरु सरकारमा सहभागी हुनेबारे निर्णय लिन यतिवेला छलफलमा जुटेका छन् । रेशम चौधरी बसिरहेको कारागारमै सो दलकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित शीर्ष नेताहरु छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहअनुसार नाउपा सरकारमा सहभागी हुन लागेको हो । सो दलबाट अध्यक्ष श्रेष्ठ आँफै सरकारमा सहभागी हुने भएकी छिन् । सुरुमा उनले पर्यटनमन्त्रालयमा दाबी गरेकी थिईन् । तर, गठबन्धनमा दश दल आवद्ध भएको कारण सबैलाई मन्त्रालयको भागबण्डा मिलाउँदा मागेकै मन्त्रालय पाउने सम्भावना कम रहेको चर्चा छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्