Logo

तनहुँ र बाराको उपनिर्वाचनका लागि २६ दलले दिए निवेदन



काठमाडौं, १२ चैत्र । अगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि २६ दलले निवेदन दर्ता गराएका छन्।

निर्वाचन आयोगले तनहुँ–१ र बारा–२को उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको समयसीमा भित्र २६ दलले निवेदन दिएको जनाएको छ।

ती निवेदनहरुको अध्ययनपछि आयोगले निर्णय गरेर दल दर्ता गर्ने जनाइएको छ।

यसअघि बैशाख १० गते नै चितवन-२ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ता गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्