Logo

प्रधानसेनापति शर्माले दिए आईजीपी कुँवरलाई बधाई



काठमाडौं, १२ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन्।

आईजीपी कुँवर प्रधानसेनापति शर्मालाई भेट्न शनिबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका बेला सेनापति शर्माले बधाई तथा शुभकामना दिएका हुन्।

यस्तै, भेटमा दुई सुरक्षा निकायबीचको आपसी समझदारी र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

कुँवर शनिबारमात्रै आईजीपीमा नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस्