Logo

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम– मन्त्री किराँती



काठमाडौं, १३ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम भएको बताएका छन् ।

६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताए ।

पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि रहेको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले रङ्गकर्मीहरूसँग आफूले तीन वटा अपेक्षा गरेको पनि बताए । ‘समाजवाद उन्मुख सृजनाहरू गरेर यो समाजलाई पूँजीवादी संस्कृतिको चङ्गुलबाट पार लाउनु पर्ने हुन्छ,’– उनले भने ।

मन्त्री किरातीले नेपाली मौलिक हरिसिद्धि नाच, जलप्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालाई प्रवर्द्धन गर्न सके नेपालले धेरै पर्यटकहरूलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot