Logo

मन्त्री छान्न नेकपा (एस) ले बोलायो सचिवालय बैठक



काठमाडौं १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा आज मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको हो ।

सरकारमा जाने मन्त्रीको बिषयमा छलफल गर्न बैठक बोलाईएको बताईएको छ ।आजमात्रै पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

सरकारमा समाजवादीले रोजेको एक मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । समाजवादीबाट सरकारको नेतृत्व पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले गर्ने निश्रित जस्तै छ भने उपमहासचीब प्रकाश ज्वाला र नेता भानुभक्त जोशी मन्त्री बन्ने करीव निश्रितजस्तै रहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्