Logo

कांग्रेसभित्र अनुशासन छैन, नेताको वरिपरी घुम्नेलेमात्रै अवसर पाउँछ– सहमहामन्त्री राठौर



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र काम गर्नेलाई न्याय गर्ने परिपाटी नभएको टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताको वरिपरी घुम्नेलेमात्रै पार्टीमा अवसर पाउने गरेको बताएका हुन् ।

‘कांग्रेस पार्टीभित्र पहिलादेखि नै समस्या छ । पार्टीभित्र अनुशासन छैन । वर्किङ कल्चर छैन । काम गर्ने मान्छेलाई न्याय गर्ने परिपाटी छैन । काम गर्ने मान्छे काम गरिराखेको हुन्छ । नेताको वरिपरी जो बढी घुमेको हुन्छ, उसैलाई नेताहरुले हेरिराख्नु भएको हुन्छ,’– उनले भने ।

आफ्नो कार्यकालमा पार्टीलाई चुस्तदुरुस्त बनाउने अभियान चलाइरहेको उनले बताए । कांग्रेस जोगाउन र बलियो बनाउन नसकेको खण्डमा भोलि देश नै धरापमा पर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्