Logo

थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र लाओस भिड्ने



काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र भुटानको खेल बराबरीमा सकिएको छ।

मंगलबार साझ दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानविरूद्ध दोस्रो हाफको ९० औं मिनेटमा गोल फर्काएको हुो। नेपालका लागि दिपक राज सिंह ठकुरीले गोल गरेका हुन‍्।

यसअघि भुटानले १९औं‌ मिनेटमा गोल गरेको थियो। १९औं मिनेटमा भुटानका खेलाडीले तेन्जिङ नोर्बुले गोल गरेका थिए।

यो बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ भने भुटान बाहिरिएको छ।

उपाधिका लागि अब नेपाल र लाओसबीच यहीँ १७ गते खेल हुनेछ।



प्रतिक्रिया दिनुहोस्