Logo

दुर्गेश र ह्यान्सी ब्रो बिच प्रहरीमा मिलापत्र



काठमाडौं १५ चैत । कलाकार तथा मोडल दुर्गेश थापाविरुद्ध परेको कुटपीटको उजुरीमा मिलापत्र भएको छ ।

काठमाडौंको एक वनभोज कार्यक्रममा आफुमाथी कुटपीट भएको भन्दै टिकटकर रिदम क्षेत्री( ह्यान्सी ब्रो) ले प्रहरीमा उजुरी दिएका थिए ।
आज दुईबीच प्रहरी कार्यालय महाराजगञ्जमा मिलापत्र भएको हो ।

आज प्रहरीमा छलफलका लागि पुगेका थापा र क्षेत्रीले एक अर्कासँग माफी मागेर मिलापत्र गर्न राजी भएका हुन् ।अबदेखि कहिल्यैपनि एक अर्कासँग झै झगडा नगर्ने सहमती सहित मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्