Logo

नेप्सेमा एक अंकको सुधार



काठमाडौं १५ चैत । बुधबार सेयर बजार परिसुचांङक नेप्सेमा एक अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार १२.४१ अंकले बढेको नप्सेमा आज २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

कारोबारका आधारमा सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।त्यसैगरी कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंकले ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्