Logo

नेकपा (एकीकृत समाजवादी) बाट वेदुराम र प्रकाश ज्वाला मन्त्री बन्ने, माधव नेपाल लागे बालुवाटारतर्फ



काठमाडौं, १५ चैत्र । आफ्नो पार्टीबाट दुई जनालाई मन्त्री बनाउने निर्णय गराएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । पार्टी सचिवालयको आकस्मिक बैठक राखेर अध्यक्ष नेपालले सरकारमा पार्टीको तर्फबाट वेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गराएका थिए ।

भुसाल पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता हुन् । ज्वाला भने उपमहासचिव हुन् । दुई जनाको नाम बोकेर माधव नेपाल यतिवेला बालुवाटार पुगेका हुन् । बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक जारी छ । सो बैठकलगत्तै आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने बताईएको छ ।

स्रोतकाअनुसार प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने पक्का भएको छ। भुसाालको भने मन्त्रालय टुँगो लागेको छैन् । सो दलले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाध्यता बुझिदिन आग्रह गरेपछि अध्यक्ष नेपाल दुई मन्त्रालय लिएर भएपनि सरकारमा सहभागी हुने राजी भएका हुन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot