Logo

लगातार तेस्रोपटक ललितपुर मेयर कपको उपाधि एपीएफलाई



काठमाडौं,१६ चैत । नेपाल एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध ५४ रनको कीर्तिमानी जीत निकाल्दै एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।निर्धारित २० ओभरमा मात्र १ विकेटको क्षतिमा एपीएफले कोशी प्रदेशलाई १५५ रनको चुनौतिपुर्ण लक्ष प्रस्तुत गरेको थियो कप्तान सिता राना र इन्दु वर्माको शतकीय पारीमा एपीएफले उत्कृष्ट स्कोर बनाएको थियो ।

१५५ रनको चुनौतिपुर्ण लक्ष पछ्याएको कोशीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो ।



प्रतिक्रिया दिनुहोस्