Logo

राष्ट्रपतिमा निर्वाचित भएर कांग्रेसबाट राजीनामा दिएपनि पार्टीले अझै हटाएन पौडेलको नाम



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलको नाम पार्टी कार्यालयबाट अझै हटाएको छैन।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्‍वार भएर निर्वाचित भएको भोलिपल्ट पार्टीको संलग्नताबाट राजीनामा दिएको पौडेलको नाम कांग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट हटाएको छैन।

पार्टीको मुख्यढोका अगाडि रहेको केन्द्रीय नेताहरुको चिठ्ठीपत्र राख्नका लागि बनाइएको र्‍याकमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम अझै रहेको छ।

सभापति शेरबहादुर देउवापछि दोस्रोमा राष्ट्रपति पौडेलकै नाम रहेको छ।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिएभने फागुन २६ गते नेपाली कांग्रेसको सदस्यता त्यागेका थिए।



प्रतिक्रिया दिनुहोस्