Logo

मन्त्रालयको भागबण्डा टुङ्गियो, कसको भागमा कुन मन्त्रालय ?



काठमाडौं, १६ चैत्र । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ।

सत्ता गठबन्धनको प्रमखु घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाएको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो।

नेकपा (एकीकृत समाजवादी)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउँदा नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।

बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सहमति भएको थियो। सोही अनुरुप बिहीबार मन्त्रालयको भागबण्डा टुङ्गिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot