Logo

एसईई परीक्षा मर्यादित बनाउन प्रधानमन्त्रीको अपिल



काठमाण्डौ, चैत १७ । आजदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै परिक्षा उनले परिक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्