Logo

आइपिएलको १६ औँ संस्करण आजदेखि



काठमाडौं, चैत १७ । १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करण च्याम्पियन गुजरात टाइटन्स र चारपटकको विजेता चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि विश्वकै ठूलो क्रिकेट स्टेडियम अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । लिगमा यसपटक पनि गुजरातको नेतृत्व हार्दिक पाण्ड्या र चेन्नईको नेतृत्व महेन्द्र सिंह धोनीले निरन्तरता पाएका छन् ।

गत संस्करण भएको दुवै खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । आइपिएल २०२२ मा चेन्नईविरुद्ध गुजरात क्रमशः ३ र ७ विकेटले विजयी भएको थियो । यसपटक आइपिएलका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्