Logo

आईपीएल को १६ औं संस्करण आजदेखि सुरू हुँदै कस्ले जित्ला उपाधि ?



काठमाडौं १७ चैत । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदैछ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन्।
अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई शुक्रबार बेलुकी पौने ८ बजे आमनेसामने हुँदैछन्।

 

पहिलो खेलमै चर्चित क्रिकेटर आमनेसामने हुने हुँदा आईपीएलको उद्घाटन खेल रोचक बन्ने देखिएको छ। अघिल्लो सिजनबाट डेब्यु गरेको गुजरातले डेब्यूमै उपाधि उचालेको थियो।

१६औ संसकरणसम्म आईपुग्दा चेन्नाई सुपरकिंग्सले चारपटक उपाघि जितिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्