Logo

भीम रावललाई धमलाको प्रश्न– ‘एमाले छाड्न लागेको हो ?’ (भिडियोसहित)



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले आफूले पचास वर्षसम्म पार्टीमा बगाएको रगत र पसिना देशका लागि उपयोगी होस् भन्ने चाहेको बताएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले अहिलेसम्म एमालेमै रहेर काम गर्न खोजिरहेको बताएका हुन् । पार्टीमा रहेर निरन्तर काम गरिरहँदा पनि लखेट्न र खसाल्न खोजेको खण्डमा खुट्टा टेक्ने आँट गर्ने उनले बताए ।

‘जुन पार्टीमा मैले पचास वर्षसम्म पसिना बगाएँ । रगत पनि बगेको छ मेरो । त्यो देशका लागि उपयोगी होस् । लखेटेर मलाई खसाल्न खोजियो भने सामान्य मान्छेले त खुट्टा टेक्छ भने पचास वर्ष राजनीतिक जीवन विताएको मान्छेले खुट्टा टेक्ने आँट नगर्ला त ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्