Logo

एसईई परीक्षाको विश्वसनीयतामा संकट : १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा



बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।

 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको बताए ।उनले भने, ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् । हामी अनुसन्धानमा लागेका छौं ।’

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने भन्दै आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस्