Logo

कुनै कदम चाल्नु पर्दा रिपोर्टर्स क्लबमा आएर घोषणा गर्छु– भीम रावल



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले आफूले कुनै कदम चाल्न परे रिपोर्ट क्लब नेपालमा आएर घोषणा गर्ने बताएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले पचास वर्षसम्म पार्टीमा बगाएको रगत र पसिना देशका लागि उपयोगी होस् भन्ने चाहेको बताए ।

यदि पार्टीमा इमानदार भएर काम गर्दागर्दै राष्ट्रको पक्षमा,विधिको पक्षमा, सिद्धान्तको पक्षमा आवाज उठाएको भनेर धकेलिरहने काम भएमा नयाँ कदम चाल्ने उनको भनाई छ ।

‘जसरी मैले विगतमा अध्यक्ष पदमा उठ्दा तपाईँको (रिपोर्टर्स क्लब नेपाल) मा आएर घोषणा गरेको थिए नि ? यदि मैले कुनै कदम चाल्नु पर्दा र धकेर पार्टीमा बस्नै पाइँदैन । राष्ट्रको पक्षमा बोल्न कहाँ पाइन्छ र यहाँ बसेर ? सिद्धान्तको पक्षमा कहाँ बोल्न पाइन्छ ? विधिका कुरा कहाँ गर्न पाइन्छ यहाँ बसेर ? माक्र्सवादको कुरा गर्ने ? बरु हलोमा भोट हाल, छातामा हाल भन्ने तर्क दिएर मलाई धकेल्न खोजियो भने म तपाईको रिपोर्टर्स क्बल र जनताकोबीचमा व्यवस्थित रुपमा आउँला एकदिन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्