Logo

उर्जामन्त्री बन्दै माओवादी उपमहासचिव बस्नेत



काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले बताए अनुसार आज दिउँसो साढे ४ बजेपछि मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरुको शपथ हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले उपमहासचिव बस्नेतलाई उर्जामन्त्री बनाउन लागेका हुन् । बस्नेतले यसअघि गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्