Logo

पार्टी फुटाउन कांग्रेस इतर समूहलाई विवेकशील साझा पार्टीका उपाध्यक्ष मिलन पाण्डेको सुझाव



काठमाडौं १७ चैत । विवेकशील साझा पार्टीका उपाध्यक्ष मिलन पाण्डेले नेपाली कांग्रेसका इतर समूहलाई पार्टी फुटाउन सुझाव दिएका छन ।

वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस त्यागेको घोषणा गरेपछि नेता पाण्डेले कांग्रेसका संस्थापन इतर समूहलाई उक्त सुझाव दिएका हुन ।

उनले लेखेका छन

‘अब कांग्रेस कि सुध्रिनुपर्छ कि सकिनुपर्छ। लोकतान्त्रिक मूल्य,मान्यता, प्रगतिशील मुद्दासहितको पार्टी खोजिरहेका मतदातासँग विकल्प र समय दुवै छैन। तपाईंहरुसँग त झन् समय छैन, ‘शेखरजी, विश्वप्रकाशजी, गगनजी, प्रदीपजी पार्टीमा निर्णायक हस्तक्षेप गर्नुहोस्। विशेष महाधिवेशनको तयारी गर्नुहोस्। नत्र पार्टी फुटाउनुहोस्।’



प्रतिक्रिया दिनुहोस्