Logo

भीम रावललाई पार्टीबाट निकाल्ने एमालेको तयारी



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेता रावलले पार्टीको हित विपरीत श्रृङ्खलाबद्ध काम गरेको उपाध्यक्ष पौडेलको आरोप छ ।

आज (शुक्रबार) प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले रावलले पार्टीको नीति र अनुशासन विपरीत काम गरिरहेको र गल्ती स्वीकार गरेर आत्मालोचना नगरे पार्टीले उचित निर्णय लिने बताएका हु्न् ।

‘उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस् । नसचिए पार्टीले उचित निर्णय लिन्छ,’– उनले भने ।

यसैगरी नेता रावलले भने राष्ट्र, विधि, नीति र सिद्धान्तको पक्षमा बोल्दा निरन्तर लखेट्ने काम भएमा उचित कमद चाल्ने बताउँदै आएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीसँगै देश र जनताको हितमा निरन्तर काम गरिरहँदा लखेट्न र खसाल्न खोजेको खण्डमा खुट्टा टेक्ने आँट गर्ने बताएका छन् ।

‘जुन पार्टीमा मैले पचास वर्षसम्म पसिना बगाएँ । रगत पनि बगेको छ मेरो । त्यो देशका लागि उपयोगी होस् । लखेटेर मलाई खसाल्न खोजियो भने सामान्य मान्छेले त खुट्टा टेक्छ भने पचास वर्ष राजनीतिक जीवन विताएको मान्छेले खुट्टा टेक्ने आँट नगर्ला त ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्