Logo

नेपालले प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधिका लागि लाओससँग भिड्दै



काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलको उपाधिको लागि नेपाल र लाओस एक अर्कासँग भिड्दैछन् ।
खेल दशरथ रंगशालामा बेलुका साँढे ५ बजे सुरु हुनेछ  .

नेपालले पहिलो खेलमा लाओसलाई २- १ ले हराएको थियो भने दोस्रो खलमा भुटानसँग १ -१ गोलको बराबरी खेलेको थियो
लाओसलेपनि भुटानलाई दोस्रो खेलमा २- १ ले हराँउदा पहिलो खेलमा नेपालसँग समान २ – १ गोल अन्तरमा पराजित भएको थियो ।

नेपाल उपाधि आफैसँग राख्ने योजनाकासाथ मैदान प्रवेशगर्ने छ ,भने पाहुना टोली लाओस इतिहास रच्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा छ ।



प्रतिक्रिया दिनुहोस्