Logo

जहाँ सेतो मच्छिन्द्रनाथको रथयात्रा त्यहाँ एनएफपिजेको फोटो प्रदर्शनी (फोटोसहित)



काठमाडौं, १७ चैत्र । बुधबारदेखि शुरू भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा चलिरहेको छ। बुधबार अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म, ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको थियो।

चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा भएको थियो भने शुक्रबार ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुँदैछ।

त्यस्तै, चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रूख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ।

सो रथयात्रा भइरहेका स्थानहरुमा नेपाल फोटो पत्रकार संघ (एनएफपिजे)ले फोटो प्रदर्शनी पनि गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्