Logo

नागरिक उन्मुक्तिबाट अध्यक्ष श्रेष्ठ भूमि ब्यवस्था मन्त्री



काठमाडौं, १७ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छिन्।

सत्तागठबन्धनको भागबण्डा अनुसार नाउपाले एक मन्त्रालय पाएको छ।

नाउपाले पाएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय भएको हो।

उनको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको बताइएको छ।

श्रेष्ठको शपथ आज तीन बजे गर्ने तयारी रहेको छ।

नाउपाको प्रतिनिधिसभामा ४ सांसद रहेका छ्न्।



प्रतिक्रिया दिनुहोस्