Logo

एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल



काठमाडौं, १७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले लागे केही दिनमा गठबन्धन भत्किने दाबी गरेका हुन्।

‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो।’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौं। यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्‍यो भने केही हप्ताको काम हुन्छ।’



प्रतिक्रिया दिनुहोस्