Logo

स्वर्णिमलक्षित कांग्रेस नेता महरको टिप्पणी, ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’



काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका सांसद तथा नेविसंघका पूर्वसभापति नैनसिंह महरले बिहीबार मात्रै कांग्रेस परित्याग गरेको घोषणा गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन्।

शुक्रबार फेसबुकमा सांसद महरले काँग्रेस परित्याग गरेका विज्ञको विज्ञताका बारेमा एउटा कथा स्मरण भएको बताउँदै कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै भएको बताए।

यस्तो छ उनले लेखेको स्टाटस

काँग्रेस परित्याग गरेका विज्ञको विज्ञताका बारेमा ,एउटा कथा स्मरण भयो :

कस्तुरीको नाभिमा रौंले ढाकिएको मासुको सानो डल्लो हुन्छ । जसलाई ‘बिना’ भनिन्छ । कस्तुरी बिहान उठ्ने वित्तिकै आफ्नै नाभिबाट उत्पन्न भएको सुगन्धित वास्नाले मुग्ध हुन्छ । यति मिठो वास्ना आफ्नो नाभिबाट उत्पन्न भएता पनि ज्ञान र चेतनाको अभावमा उज्यालो हुने वित्तिकै ऊ उक्त वास्नाको खोजिमा भोक तिर्खाको पर्वाह नगरि दिनभर रनवन चहार्छ । परन्तु उक्त वास्नादार बस्तु कहिँ फेला पार्न नसकेपछि साँझमा लखतरान भएर बासस्थान फर्कन्छ । यसरी नै उसका हरपल बित्न थालेपछि भोक र थकाईले अल्पायुमै उसको प्राण जान्छ ।

अहिले कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन् । क्षमताको सुगन्ध थाहा पाउँदैनन् । जीवनको लक्ष्य र विज्ञताको मार्ग भुल्छन् । छोटो समयमा नै अथाह सफलताको प्राप्तिको अभिष्ट चाहना राख्छन् । र, त त्यस्तै उदाय झैँ अस्ताउन बेर लाग्दैन । अलौकिक प्रतिभा, क्षमता एवं शक्तिलाई चिन्न नसकेर सुख र शान्तिको खोजिमा १० दिशामा भौतारीरहेकाहरूको जीवनयात्रा कस्तुरीको झैँ हुनेमा दुई मत छैन । अधैर्यताका साथ देशको भाग्य चम्काउँछु भन्दै भागाभाग गरिरहेकाहरूलाई रामराम बाहेक अरु के भन्न सकिएला र ?



प्रतिक्रिया दिनुहोस्