Logo

रास्वपा सभापति रवि लामिछानेले भोलि पत्रकार सम्मेलन गर्ने, साथमा स्वर्णिम र रमेश खरेलपनि



काठमाडौं, १७ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले भोलि (शनिबार) दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्न सभापति लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा हिजोमात्रै रास्वपाको सदस्यता लिएका प्रसिद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र रमेश खरेलपनि सहभागी हुने जनाईएको छ । बैशाख १० गतेको उपनिर्वाचनमा चितवन २ मा सभापति लामिछाने आँफै लड्दैछन् ।

उता, तनहुँ १ मा वाग्ले र बारा २ मा खरेलले उम्मेदवारी दिने निश्चित् भएको सो दलका नेताहरुको दाबी छ । यसअघि वाग्ले नेपाली कांग्रेसमा सक्रिय थिए ।



प्रतिक्रिया दिनुहोस्