Logo

आइपिएल :गुजरातले चेन्नईलाई हरायो



काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ।

(आइपिएल) २०२३ को पहिलो खेलमा गएराती गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो।

टस हारेर पहिला व्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा जितका लागि १७९ रन पछ्याएको गुजरात टाइटन्सले १९ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो ।

चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ। गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । आइपिएलमा आज दुई खेल हुँदैछन्।पहिलो खेलमा दिउँसो ३ : ४५ मा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । दोश्रो खेल साँझ ७: १५ मा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच हुनेछ।



प्रतिक्रिया दिनुहोस्