Logo

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल



काठमाडौँ, १८ चैत । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् । गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु पाँच लाख गरी रु २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।

कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्