Logo

दिल्लीमा भेटिए एके-४७ ले उडाउने भन्दै लरेन्स ग्याङ्‍को सञ्जय राउतलाई मार्ने धम्की



भारत । शिवसेनाका नेता सञ्जय राउतलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएको छ। धम्कीपछि राउतले प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

लरेन्स बिश्नोई गिरोहले यसअघि बलिउड स्टार सलमान खानलाई मार्ने पनि धम्की दिएको थिए। यससँगै लरेन्स गिरोहलाई पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गरेको आरोप लागेको थियो।

धम्कीमा सिद्धु मुसेवालाको उल्लेख
शिवसेना (उद्धव ठाकरे) नेता तथा राज्यसभा सांसद्‍ सञ्जय राउतलाई धम्कीको सन्देश आएको प्रहरीले जनाएको छ।

जसमा लरेन्स बिश्नोई गिरोहले सञ्जय राउतलाई सिद्धु मुसेवाला गिरोहले जस्तै मारिने धम्की दिएका छन्। यस विषयमा सञ्जय राउतले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

एक मिडिया रिपोर्टका अनुसार सञ्जय राउतलाई पठाइएको धम्कीपूर्ण सन्देशमा ‘दिल्लीमा भेटिए म तिमीलाई एके ४७ ले उडाउनेछु’ भनिएको छ। उनले भने, ‘तिमी र सलमान फिक्स छौ।’ पुलिसले यस मामिलामा एक संदिग्धलाई पुणेबाट पक्राउ गरेको छ, जसलाई मुम्बई पुलिसलाई सुम्पिएको छ।

अहिले प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ। सञ्जय भन्छन्, ‘महाराष्ट्रमा नयाँ सरकार आएपछि हाम्रो सुरक्षा हटाइयो। अहिले हामीलाई ज्यान मार्ने धम्की आएको छ। यसको जानकारी प्रहरीलाई दिइएको छ।’ -एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्