Logo

प्रधानमन्त्री र सभापतिले १९ वटा मन्त्रालयमा लौ पूर्णजी कुन छान्ने हो भन्नुभयो : रक्षामन्त्री खड्का



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमा कुन छान्ने हो भनेपछि आफूले रक्षा मन्त्री रोजेको बताएका छन्।

शुक्रबार उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बनेका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग संवाद गर्दै प्रधानमन्त्री र पार्टी सभापतिले १९ वटा मन्त्रालयमा कुन छान्ने हो भनेपछि आफूले रक्षा मन्त्री रोजेको बताएका हुन्।

‘प्रधानमन्त्री र मेरो पार्टी सभापतिले १९ वटा मन्त्रालय छन्, लौ पूर्णजी कुन छान्ने हो भन्नुभयो। मैले १९ वटा मन्त्रालय छनौटको शौभाग्य पाएँ न भुतो न भविष्यति। ५ दिनपछि मैले जवाफ दिएँ १९ वटा मन्त्रालय अध्ययन गरेपछि मुलुकको सामरिक महत्त्व बढेको बेला रक्षा रोजेँ। नेपाली सेनासमेत जोडिएको यो मन्त्रालय सबैभन्दा विशाल र ठूलो हो,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्