Logo

रास्वपाका तीन उम्मेद्‍वारले पाए टिकट



काठमाडौं, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले अगामि बैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेद्‍वारहरुलाई टिकट वितरण गरेको छ।

पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै रास्वपाले टिकट वितरण गरेको हो।

रास्वपाबाट चितवन २ का लागि पार्टी सभापति रबि लामिछानेले टिकट पाएका छन्।

यस्तै, तनहुँ १ मा भर्खरै नेपाली कांग्रेस परित्याग गरेर शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले टिकट पाउँदा बारा २ का लागि पूर्व डिआइजी तथा नेपाल शुसान पार्टीका अध्यक्ष रमेश खरेलले टिकट पाएका छन्।



प्रतिक्रिया दिनुहोस्