Logo

कांग्रेस महामन्त्रीद्वय रास्वपामा जानुहुन्छ, रास्वपा गगनजीकै पार्टी हो– दुर्गा प्रसाईँ



काठमाडौं, १९ चैत्र । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा पठाएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ढिलोचाँडो कांग्रेस महामन्त्रीद्वय पनि रास्वपामा जाने आरोप लगाए ।

‘अब गगनजी र विश्वप्रकाशजी जानुहुन्छ । यो पार्टी भनेकै गगनजीको पार्टी हो । स्वर्णिमजीलाई त पठाएको हो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot