Logo

डाबर नेपालले जित्यो ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’



काठमाडौं, २० चैत्र । डाबर नेपालले ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’ को प्रतिष्ठित पुरस्कार जितेको छ । अवार्ड विजेताहरुको घोषणा यहिँ मार्च ३१ तरिखका दिन गरिएको थियो ।

उक्त पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

अवार्ड डाबर नेपालका श्री एच. एस. बेदी (व्यवसाय प्रमुख) , श्री अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो । उक्त अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्ती आफ्ना कर्मचारीहरुलाई महत्व दिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot